काठमाडौ १८ वैशाख ।
कतारमा बस्ने काभ्रेली युवाहरुको समुह शिखर आम्बोटे प्रबासि समूह दोहा कतारले काभ्रेको सरस्वती प्राथमिक विद्यालय भदौरे लाई कम्प्युटर र प्रीन्टर सहयोग प्रदान गरेको छ ।
हालै एक कार्यक्रमकाबीच शिखरआम्बोटे प्रबासि समुहका सचिव मिम बहादुर लामाले विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्पयुटर हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद कफ्लेले कम्प्युटर शिक्षा अब दैनिक रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसका लागि बैकल्पिक उर्जाको तत्काल ब्यबस्था गर्नका लागि सम्बन्धित पक्षले पहल कदमी लिनुपर्ने उहाँले बताउनु भयो ।
“शिक्षामा लगानी सुनौलो बिहानी“ भन्ने नाराका साथ रोजगारीको शिलशिलामा कतारमा बस्दै आएका युवा आवद्ध उक्त संस्थाले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सन्चाल गर्दै आएको छ ।
आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइरहने शिखरआम्बोटे प्रबासि समूह दोहा कतारका अध्यक्ष तिर्थ थिङ तामाङले बताउनु भयो ।

