हवाई आक्रमणका क्रममा आइएसको कोषमा रहेको ८० करोड डलर नष्ट

हवाई आक्रमणका क्रममा आइएसको कोषमा रहेको ८० करोड डलर नष्ट

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी १५ वैशाख ।
अमेरिकी सेनाका अधिकारीहरुले विद्रोही संगठन इस्लामिक स्टेट आइएसको कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको दावी गरेको छ ।

अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी आक्रमण गर्ने क्रममा कोषमा रहेको उक्त परिमाणको रकम नष्ट भएको बताउनु भयो ।

अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसविरुद्ध गरेको कारबाहीबारे पत्रकारलाई जानकारी दिनेक्रममा जनरल गस्टर्नले पछिल्ला २० हवाई आक्रमणका क्रममा आइएसको कोषको ठूलो रकम नष्ट गरिएको बताउनु भएको हो ।

उहाँले इराकको मोसुलमा रहेको एक घरमा गरिएको आक्रमणमा मात्रै १५ करोड नष्ट भएको दावी गर्नुभयो । कति रकम नष्ट भयो भन्ने एकिन गर्न नसके पनि करिब ५० देखि ८० करोड डलर नष्ट भएको हुनसमने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी