सिररियामा युद्ध विराम पालना गर्न पश्चिमा राष्ट्रको आह्वान

सिररियामा युद्ध विराम पालना गर्न पश्चिमा राष्ट्रको आह्वान

  • मङ्लबार, बैशाख १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी १४ वैशाख ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथै पश्चिमा राष्ट्रका नेताहरुले सिरियाका विद्रोही समुहलाई युद्ध विरामको पालना गर्न आग्रह गरेका छन् ।

जर्मनीको हनोफरमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताबिच भएको भेटपछि उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

सिरियामा अहिले अल्पकालिन युद्ध विराम लागु भएको छ । तर सरकारी तथा विद्रोही समुह दुवैले हिंसात्मक आक्रमण रोकेका छैनन् । दुवै पक्षले एकअर्कामाथि युद्ध विराम तोडेको आरोप लगाउने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्तिवार्ता गर्नका लागि अल्पकालिन युद्ध विराम लागु भएपछि सिरियमा हिंसा केही कम भएको छ । तर एलेप्पो शहरमा पछिल्लो समय फेरि युद्ध भएका छन् ।

यसले गर्दा अल्पकालिन युद्ध विराम भंग हुने अवस्थामा पुगेको छ । तर अमेरिका सहितका पश्चिमा देशका नेताले युद्ध विरामलाई कायम राखेर शान्तिवार्ता गराउन प्रयास गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी