ओबामाको भनाईप्रति बेलायती नेताहरु रुष्ट

ओबामाको भनाईप्रति बेलायती नेताहरु रुष्ट

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १३ वैशाख ।

ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने भन्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले दिनु भएको अभिव्यक्तिप्रति बेलायती नेताहरु रुष्ट बनेका छन् ।

बेलायत भ्रमणका क्रममा ओबामाले बेलायत युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अर्को दश वर्ष लाग्ने बताउनु भएको थियो ।

ओबामाको भनाईप्रति इयुबाट बेलायत बाहिरिनु पर्ने अभियान चलाइरहेका नेताहरु रुष्ट बनेका हुन् । यूके आईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिनुभएको छ ।

कुनैपनि अमेरिकी राष्ट्रपतिले लण्डनमा आएर दिने धम्कीलाई आफूहरुले पचाउन नसक्ने उहाको भनाइ थियो ।

ओमन र अष्ट्रेलिया जस्ता मुलुक अमेरिकासँग व्यापारिक सम्बन्ध बनाइरहेको भन्दै फराजले ओबामाले बेलायतलाई पाठ पढाउन जरुरी नरहेको बताउनुभयो ।

लेबर पार्टीका सांसद गिसेल स्टुअर्टले पनि दबाब दिनु अनुचित भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी