उत्तर कोरियाले गर्यो शक्तिशाली जल क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले गर्यो शक्तिशाली जल क्षेप्यास्त्र परीक्षण

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी,१२ वैशाख ।

उत्तर कोरियाले शक्तिशाली जल क्षेप्यास्त्र अण्डर वाटर ब्यालिस्टीक मिसाइलको सफल परीक्षण गरेको छ ।
सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने मिसाइल उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त प्रथम परीक्षण गरेको समाचार समिति कोसिएनएले जनाएको छ ।

पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाली बहुउद्देशयीय क्षेप्यास्त्रको कार्यसम्पादन सुनिश्चित गर्न उक्त परीक्षण गरिएको सर्वोच्च नेता किमले बताएका छन् ।

उत्तर कोरिया यस्ता विभिन्न खाले शक्तिशाली सामरिक हातहतियार उत्पादन गर्नु क्षमता राख्दछ भनि प्रमाणित गर्न पनि सो परीक्षण गरेको जनाइएको छ ।

साथै मुलुकको जलसेनाको सामरिक शक्तिमा प्रचुरविकास गर्न एवम् परिआएमा दक्षिण कोरिया उच्च प्रवृति युक्त अत्याधुनिक वा संयुक्त राज्य अमेरिका समर्थित शक्तिहरु विरुद्ध आणविक युद्धका लागि चुनौति दिन समेत क्षेप्यास्त्र सक्षम रहेको समेत किमले दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी