एजेन्सी, बैशाख ९
इक्वेडरमा गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी इक्वेडरमा मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । इक्वेडर सरकारले आधिकारिक रूपमा बुधबार मृत्यु हुनेको संख्या पाँच सय २५ पुगेको बताएको छ ।
भूकम्पमा परी अझै पनि भत्किएका संरचनाभित्र कैयौं जना हराई रहेको बताइन्छ । गत शनिबार गएको भूकम्प पछि संकटमा परेको इक्वेडरको राजधानीसहितका क्षेत्रमा बुधबार पुन ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का गएको छ ।
पहिलो भूकम्पको झड्का र विपद्पछि आश्रयस्थलहरूमा बसेकाहरू बुधबारको अर्को शक्तिशाली भूकम्पपछि थप त्रसित बनेका छन् ।
तर बुधबारको भूकम्पले यसअघि क्षति पुर्याएका भवन बाहेक अन्यत्र मानवीय क्षति भएको जानकारीमा नआएको इक्वेडर सरकारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline