सिरियाली सेनाको हवाई आक्रमणबाट ४४ जना मारिए

सिरियाली सेनाको हवाई आक्रमणबाट ४४ जना मारिए

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी ८ वैशाख ।  

सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ४४ जनाको मृत्यु भएको छ । विद्रोही समुहको नियन्त्रणमा रहेको इडलिब प्रान्तको एक बजारमा गरिएको आक्रमणमा अन्य थुप्रै मानिस घाइते भएको बताइएको छ ।

हवाई आक्रमणका कारण इडलिबको मारात अल–नुमनमा ३७ तथा काफ्रानबेलमा सात जनाको मृत्यु भएको मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

घाइतेमध्ये तीन जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । सात हप्ते अल्पकालिन युद्ध विराम लागु गरिएको सिरियामा पछिल्ला दिनमा बढ्दो हिंसाका कारण त्यो कार्यान्वयन हुनेमा पनि आशंका उत्पन्न भएको छ ।

मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्स इडलिबमा सरकारी सेनाले गरेको आक्रमणलाई आमहत्याको शंज्ञा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी