६ चैत्र, काठमाण्डौं । देशको विभिन्न जिल्लामा हावा हुरी सहित पानी परेको छ । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बिरपथ १ ओडार खेतमा ७० वर्षका नन्द सिंह ढोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपत्यकामा पनि हावा हुरी सहित वर्षाको भईरहेको छ । उता ताप्लेजुङ सहितका विभिन्न जिल्लामा को सदरमुकाम फुङलिङ बजार सहितविभिन्नगाविसमाआजदिउँसो असिनासँगै परेको पानीले अरबौँको अलैँचीतथाखाद्यबाली लगायत पाठ्यपुस्तक समेत नष्ट भएको छ ।
शैक्षिक सत्र २०७३ शुरु हुनलागेको अवस्थामा सामुदायिकतथाप्राइभेट शिक्षण संस्थाको लागि राखिएको पाठ्यपुस्तक समेत नष्ट भएको छ । फुङलिङ बजारमाअवस्थित जनकल्याण स्टेशनरीमा झण्डै १ लाख बराबरको पाठ्यपुस्तक र अन्य सामानको भिजेर नष्ट भएको छ ।
विभिन्न पुस्तकालय र पसलमाभलपानीलेलाखौँ बराबरको सामाननष्ट गरेको छ । नेपाल बैँक लिमिटेड, ताप्लेजुङ शाखामाभलपानी पसेर समस्याभएपनिकुनै क्षतिभएको छैन ।
बजार आसपासकानाङखोल्याङ, फुरुम्बु, खोक्लिङ लगायतकागाविसमाभारी वर्षसँगै असिनाकाकारण ठूलो क्षतिभएको छ ।
अहिले अलैँचीको फुलफूलेको र दानालाग्ने मौषमभएको बेलाअसिनाले बोट लगायतफूलमाक्षति गरेको छ ।


