भारतको ओडिशामा यात्रुबस दुर्घटना : २५ जनाको मृत्यु

भारतको ओडिशामा यात्रुबस दुर्घटना : २५ जनाको मृत्यु

  • सोमवार, बैशाख ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ६ वैशाख ।  

भारतको ओडिशामा भएको यात्रुबस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना गम्भीर घाइते भएका छन् ।

ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ ।

बस सडकबाट दुई सय ५० फिट तल खसेको थियो । घना जंगलमा बस पल्टिएकाले उद्धारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

बसमा ४० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनास्थलबाट आठ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ