इक्वेडरमा शक्तिशाली भुकम्प : २८ जनाको मृत्यु

इक्वेडरमा शक्तिशाली भुकम्प : २८ जनाको मृत्यु

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी ५ वैशाख ।  

ल्याटिन अमेरिकी राष्ट्र इक्वेडरमा गएको शक्तिशाली भुकम्पका कारण २८ जनाको मृत्यु भएको छ । भुकम्पपछि त्यहाँको सरकारले ६ वटा राज्यमा आपत कालिन अवस्था घोषणा गरेको छ ।

नेपाली समय अनुसार आज विहान राजधानी क्वेटोवाट १ सय ६० किलोमिटरको दुरीमा रहेको म्युस्नी शहरलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भु–सर्वेक्षणलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

भुकम्प पछि ३ सय किलोमिटर क्षेत्र आसपासमा सुनामीको संभावना रहकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भुकम्पले तटीय क्षेत्रको भवन बढी प्रभावित भएका छन् ।

मान्टा शहरस्थित विमानस्थलको टावर समेत भत्किएको छ भने भुकम्पपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्व भएको बिबीसीले जनाएको छ ।

यता जापानमा शुक्रवार र शनिवार लगातार गएको भुकम्पका मृतयु हुनेको संख्य ४० पुगेको छ । अन्य हजारौं घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी