पहिले छोरीको हत्या र अहिले अब छोराको हत्यामा आमालाई जेल

पहिले छोरीको हत्या र अहिले अब छोराको हत्यामा आमालाई जेल

  • शनिबार, बैशाख ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, वैशाख ४ । ब्रिटेनमा आफ्नै छोरीको हत्या अभियोगमा जेलमा रहेकी आमामाथि सात महिने छोराको पनि हत्या गरेकामा सजाय सुनाइएको छ ।

सन् २००३ मा सात महिने बालक छोराको शव ‘इस्ट सक्सेस’स्थित उनकै घरमा भेटिएको थियो ।

३७ वर्षीया लेस्ली डनफर्डले मार्चमा आफ्नो दोष स्वीकारेकी थिइन् । उनले सन् २०१२ मा तीन वर्षीया छोरीको हत्या गरेकोमा दोषी ठहर गर्दै अदालतले सात वर्षको सजाय सुनाएको थियो ।

छोराको हत्या गरेको पुष्टि भएसँगै अब लेस्लीलाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

छोरी लूसीको हत्यामा सजाय काटिइरहेकी लेस्लीले छोराको हत्या पनि आफैंले गरेको स्वीकार्दै त्यसप्रति पश्चाताप भएको बताएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी