बैशाख २ काठमाण्डौं । बैशाख १० का लागि सारिएको आधिकारीक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै विभिन्न आन्दोलनरत चार वटा कर्मचारी संगठनले आज मुख्य सचिव सोमलाल सुवेदीलाई ज्ञापन पत्र बुझाएका छन् ।
आज नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलनकेन्द्र, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुले मुख्य सचिवको कार्यकक्षमा गएर ज्ञापन पत्र दिएका हुन् ।
उनीहरुले चैत्र २८ को निर्वाचनका सन्दर्भमा फागुण १३ गते दिईएको ज्ञापन पत्रमा छलफल गर्नुको साटो बैशाख १० मा चुनाव घोषणा गरिएकोले निर्वाचन सम्बन्धि विनियामवली २०६९ दफा १७ को उलंघन भएको स्मरण गराएका छन् ।
साथै उनीहरुले निर्वाचन प्रकृया रोकेर छलफल र सहमतिको वातावरण बनाउन समेत आग्रह गर्दै जबरजस्ती चुनाव गरिए संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
साथै जिल्ला प्रशासन कार्यलयहरुमार्फत ती संगठनका तल्लो ईकाईहरुले ज्ञापन पत्र बुझाएका छन् ।

