आत्मघाती बम विस्फोटमा बालबालिकाको प्रयोग गर्ने क्रम बढे्योे: राष्ट्रसंघ

आत्मघाती बम विस्फोटमा बालबालिकाको प्रयोग गर्ने क्रम बढे्योे: राष्ट्रसंघ

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

अतिवादी इस्लामिक संगठन बोको हरामले विभिन्न स्थानमा आत्मघाती बम विस्फोटमा बालबालिकाको प्रयोग गर्ने क्रम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
पछिल्लो एक बर्षमा बोको हरामले गराएका प्रत्येक ५ आत्मघाती विस्फोटमा एउटामा बालबालिका प्रयोग भएको राष्ट्रसंघको बालबालिकासम्बन्धी नियोग युनिसेफले जनाएको छ ।

क्यामरुन, नाइजेरिया र चाडमा सो समुहले गराएको आक्रमणमध्ये तीन चौथाईमा बालिकाहरुको प्रयोग भएको भेटिएको छ ।  सन २०१४ देखि १६ को बीचमा यस्ता कार्यमा बालबालिकाको प्रयोग ११ गुणाले बढेको युनिसेफको तथ्यांकमा उल्लेख छ ।

बोको हरामले नाइजेरियाको चिबोक क्षेत्रस्थित विद्यालयबाट २ वर्षअघि २ सय बालिकाको अपहरण गरेको थियो । ती बालिकाको रिहाकालागि विश्वव्यापी रुपमा अभियान नै सञ्चालन गरिएको भएपनि हालसम्म उनीहरुको अवस्था अज्ञात छ ।

नाइजेरियामा ७ बर्ष चलेको गृहयुद्धका क्रममा बढी प्रभावित बनेको उत्तरपूर्वी क्षेत्र र छिमेकी चाडमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए । सो अवधीमा करिब १३ लाख बालबालिका घरबार छोड्न बाध्य भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ