बैशाख १ काठमाण्डौं । भूकम्पले दिनका दिन नेपाली जनतालाई तर्साईरहेका बेला फेरी म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा भएको क्षतिको एकीन विवरण आएको छैन ।
भूकम्पको धक्काले काठमाण्डौमा समेत हल्लाएको छ । म्यानमारमा नेपाली समय अनुसार साझ सात बजेर ४० मिनेटमा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसको धक्का पूर्वी नेपालका साथै काठमाण्डौंमा समेत महसुस गरिएको थियो ।
काठमाण्डौमा केही बेर हल्लाए पछि केही ठाउमा सर्वसाधारण घरबाट बाहिरिएका थिए । गत वर्ष बैशाख १२ गते र २९ गतेको शक्तिशाली भूकम्पका कारण मानिसहरुमा अझै पनि त्रास बढिरहेका बेला निरन्तर धक्का महसुस हुदा जनता त्रसित बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline