एजेन्सी २९ चैत्र ।
विद्रोही समुह इस्लामिक स्टेट आइएसले सिरियामा २१ जनाको हत्या गरेको छ । हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको बताइएको छ ।
सिरियाको अल कार्याटन बजारमा उनीहरुको हत्या भएको सरकारी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
अघिल्लो साता मात्र रुसी सैनिकको सहयोगमा सिरियाली सैनिकले त्यहाँबाट आइएस लडाकुलाई हटाएको थियो ।
गएको वर्षको अगष्टमा आइएसले सिरियामा परम्परागत मुख्य चर्च रहेको अल कार्याटन आफ्नो नियन्त्रणमा लिएको थियो ।
पाँच जना अझै बेपत्ता रहेको र उनीहरुको पनि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline