ताप्लेजुङमानिर्धारित समयमा पुस्तक उपलब्ध हुने

ताप्लेजुङमानिर्धारित समयमा पुस्तक उपलब्ध हुने

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

२८ चैत्र, ताप्लेजुङ । जिल्लाशिक्षाकार्यालय ताप्लेजुङले विद्यार्थी भर्नादरलाई बढाउने र आगामी बैशाक ५ गते प्रत्येक विद्यार्थीलाई उपलब्ध गराई पाठ्यपुस्तकदिवशको रुपमामनाउने विषयमाआजताप्लेजुङ सदरमुकाम स्थित शिक्षाकार्यालयको सभाहलमासरोकारवालासँग छलफल गरेको छ ।

शैक्षिक सत्र २०७३ को लागिशिक्षा विभागबाट निर्देशनभएअनुसार, नियमितभर्ना २०७३ साल बैशाक २ गतेदेखि १४ गतेसम्म र १४ देखि ३० गतेसम्मनियमितकक्षा संचालनसँगै भर्नासमेत लिइने निर्देशनात्मकजानकारी सम्पूर्ण श्रोत व्यक्तिलाई गराइएको छ ।

आगामी शैक्षिक सत्रबाट उत्पादनभएको जनशक्तिअन्र्तराष्ट्रिय स्तरको बनाउनको लागिप्रत्येक शिक्षकको हातमा पाठ्यक्रम र प्रत्येक विद्यार्थीको हातमा पाठ्यपुस्तकउपलब्ध गराउनुपर्ने आवश्यक्ताअनुरुपशिक्षामन्त्रालय, शिक्षाविभागको निर्देशनपछि छलफल तथा सुझाब संकलनकार्यक्रमगरिएकोजिल्लाशिक्षाअधिकारी चैतन्य प्रसादनिरौलाले बताए ।

गतवर्ष जस्तै ताप्लेजुङकाविभिन्नविद्यालयमा पाठ्यपुस्तकको अभाबहुने संकेत देखिएको छ ।जिल्लामातीनहजारको हाराहरीमा सबै विषयको पुस्तकआवश्यकभएपनिजिल्ला स्थित पुस्तकतथा स्टेशनरी महासंघ मार्फत सबै विद्यालयले पाठ्यपुस्तकखरिद नगर्ने भएकोले कम पुस्तक मग गर्दा र जनकशिक्षा सामाग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न नसक्दाअभाबभएको हो ।

स्टेशनरी महासंघका अनुसार, कुलमागको २५ प्रतिशतपनि पुस्तकपाउन सकिएको छैन । महासंघलाई सामानको ढुवानी बढेपछि पुस्तक ढुवानीमा पनि समस्याभएको छ । कक्षा ६ र ७काविद्यार्थी बढी मारमा पर्ने, ताप्लेजुङको कक्षा ६ र ७काविद्यार्थीले बैशाकको अन्तिम सातादेखि मात्रपाठ्यपुस्तकपाउने भएका छन् ।

फाल्गुनदेखि हालसम्मविराटनगरमापुस्तकपर्खेर बस्दा पनि पाठ्यपुस्तक छाप्ने जिम्मापाएको जनकशिक्षा सामाग्री केन्द्रले पुरा पुस्तकउपलब्ध गराउननसकेको र कक्षा ६ र ७को सबैभन्दाकम १५० थानमात्रउपलब्धभएको स्टेशनरी महासंघ अध्यक्षदिनेश भट्टराईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी