भारत अफ्गानिस्तान र ताजिकिस्तान सम्म फैलिएको हिन्दुकुष क्षेत्रमा केन्द्र बिन्दु बनेर भूकम्प गएको छ ।
यसले भारतको दिल्ली सहित उत्तरी क्षेत्र, अफ्गानिस्तान, पाकिस्तान र ताजिकिस्तानमा धक्का महसुस गरिएको थियो ।
उत्तर भारतीय हिन्दुकुश क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । भारतीय संचारमाध्यमले जनाए अनुसार अपरान्ह ४ बजेर १ मिनेट जाँदा गएको भूकम्पको धक्का पाकिस्तान र उत्तर भारतका क्षेत्रदेखि राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।
भूकम्पको धक्का आएपछि मानिसहरु घर र कार्यालयबाट बाहिर निस्किएका छन् । भकम्पले पारेको मानविय तथा भौतिक क्षतिको विवरण आउन बाँकी नै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline