उत्तरकोरियाद्धारा अन्तर महादेशमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल इन्जिन परिक्षण

उत्तरकोरियाद्धारा अन्तर महादेशमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल इन्जिन परिक्षण

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ २७ चैत्र ।  उत्तर कोरियाले अन्तर महादेशमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल इन्जिनको सफल परीक्षण गरेको जनाएको छ ।

परीक्षण गरिएको नयाँ इन्जिनको सहायताले अमेरिकाको मुख्य भागसम्म परमाणु आक्रमण गर्न सकिने निश्चित भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाको पश्चिमी तटमा रहेको लामो दूरीमा मार हान्ने परमाणु केन्द्रबाट मिसाइल इन्जिनको परीक्षण गरिएको हो ।

उत्तर कोरियाका सर्वोच्च नेता कमि जोन उनले परीक्षणको अवलोकन गर्नु भएको स्थानीय सन्चार माध्यमलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

परीक्षण गरिएको मिसाइल इन्जिन आगोको ठूलो मुस्लो तथा रक्षात्मक बमसहित आकाशमा उडेको थियो । नेता उनले आफ्नो देश अब अमेरिकाको मुख्य भागसहित आफ्ना सबै विरोधीमाथि आक्रमण गर्न सक्ने अवस्थामा पुगेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ