ब्रसेल्स आक्रमणमा संलग्न एक संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक

ब्रसेल्स आक्रमणमा संलग्न एक संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी ,२६ चैत ।

ब्रसेल्सको विमानस्थलमा भएको हमलाका जिम्मेवार भनिएका जिवित एक संदिग्ध व्यक्तिको भिडियो सार्वजनिक भएको छ ।

बेल्जियमका अभियोजनकर्ताहरुले भिडियोमा देखिएका व्यक्तिका बारेमा जानकारी दिन सर्वसाधारणलाई आह्वान गरेका छन् । अधिकारीहरुले ती संदिग्ध व्यक्तिको फोटो वा भिडियो कसैसँग भए त्योसहित लिएर सरकारी सम्पर्कमा आउन सर्वसाधारणलाई आह्वान गरेका हुन् ।

अधिकारीहरुले सार्वजनिक गरेको नयाँ भिडियोमा विमानस्थलमा हमला गरेको भनी आशंका गरिएका ती व्यक्तिलाई उनले विमानस्थलदेखि सहरको केन्द्रसम्म यात्रा गर्ने क्रममा पार गरेका विभिन्न स्थानमा देखाइएको छ ।

ब्रसेल्स हमलापछि स्थानीय समयअनुसार बिहानको ९ बजेर ५० मिनेट जाँदासम्म तीन संदिग्ध व्यक्तिको गतिविधि सिसिटीभी क्यामरा फुटेजमा रेकर्ड भएको छ । त्यसमा उनले टोपी र ज्याकेट लगाएको देख्न सकिन्छ । अधिकारीहरुका अनुसार ती व्यक्तिले पछि आफ्नो ज्याकेट फुकालेर फ्यालेका थिए । त्यो कसैले फेला पारेको भए आफूहरुलाई जानकारी दिन पनि आग्रह गरिएको छ ।

गत मार्च २२ तारिखमा आफूलाई इस्लामिक स्टेट भन्ने समूहले ब्रसेल्सको विमानस्थल र मेट्रो रेल सेवामा गरेको हमलामा ३२ जनाको मृत्यु भएको थियो । विमानस्थलमा तीन जनाले हमला गरेको ठानिएको छ । जसमध्ये दुईजना बम हमलाका क्रममा मारिएका थिए ।
यसैबीच पेरिस हमलाका एकमात्र जीवित संदिग्ध हमलाकारीहरुका वकिलले उनलाई फ्रान्स समक्ष सुपुर्दगी गर्ने प्रक्रिया अझै केही हप्ता लाग्न सक्ने बताएका छन् ।

चार महिनाको खोजीकार्यपछि गत मार्चमा ती हमलाकारी सलाह अब्देसलामलाई ब्रसेल्समा पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी