भारतको तेलंगना राज्यमा अत्यधिक गर्मिका कारण ६६ जनाको मृत्यु भएको छ ।
तेलंगनमा उग्र गर्मीका कारण अप्रिल ६ सम्ममा ६६ जनाको ज्यान गइसकेको त्यहाँको राज्य सरकारले जनाएको छ । तेलंगना सरकारका अनुसार सबैभन्दा धेरै २८ जना सर्वसाधरणको महबुबनगर जिल्लामा मृत्यु भएको हो ।
समाचार अनुसार अत्याधिक गर्मीले सुख्खा हुँदा भारतका विभिन्न प्रदेशमा पानीको हाहाकार भएको छ। भीषण सुख्खाले गर्दा महाराष्ट्रमा रहेको गोदावरी नदीको घाट १३९ वर्षमा पहिलो पटक सुक्न पुगेको छ ।
गोदावरी नदीको रामकुण्ड घाटमा नासिक कुम्भको आयोजना गरिने गरिन्थ्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline