चैत्र २५ काठमाण्डौं । काठमाडौ उत्यकामा आज घोडेजात्रा पर्व मनाईएको छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन यो पर्व मनाउने गरिन्छ । घोडे जात्राको अवसरमा नेपाली सेनाले राजधानीको सैनिकमन्च टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा नेपालस्थित विभिन्न कुटनितिक नियोगका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पर्वका अवसरमा सेनाले घोडा दौड, शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाईकल खेल तथा युद्धकलाको प्रदर्शन लगायतका कार्यक्रम गरेको छ ।
प्रस्तुत छ घोडे जात्राका अवसरमा सेनाले आयोजना गरेको बिशेष कार्यक्रमका केही तस्वीरहरु :
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






