जगतगुरू कृष्णदासले दोहोरो नागरिकता लिएको खुलासा,प्रसाशन मौन

जगतगुरू कृष्णदासले दोहोरो नागरिकता लिएको खुलासा,प्रसाशन मौन

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

सुनसरीको चतरामा वस्दै आउनुभएका जगतगुरू कृष्णदास माहाराज दोहोरो नागरिकता लिएको खुलासा भएको छ ।

जगतगुरूको नामले अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कृष्णदासले बेग्ला बेग्लै मितिमा दोहोरो नागरिकता लिएको प्रमाणित भएपछि एस्तो खुलासा भएको हो ।

कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरीले नाम, जन्म मिति र स्थाइ बसोबासको बिबरण फरक फरक लेखाइ सोलू र सुनसरीबाट दुई वटा नागरिकता लिएर कारोबार गर्ने गरेको प्रमाणित भएको छ ।

गिरीले सोलुबाट नाम कृष्ण बहादुर गिरी ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको २२२७।५९५ नम्बरको नागरिकता लिएका छन भने २०६५ साल पुष १७ गते सुनसरीबाट नाम श्री बैष्णब कृष्णदास का नाममा जन्म ठेगाना जुबू सोलू, स्थाइ बसोबास बराहक्षेत्र १ सुनसरी, जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४ र १३२८०८ नम्बरको नागरिकता लिएको पाइएको छ ।

दुबै नागरिकतामा जन्म स्थान जुबु सोलू र बुवाको नाम भने छबिलाल गिरिनै लेखिएको छ ।

नाम र जन्म मिति फरक फरक छ । सुनसरीबाट जारी नागरिकतामा प्रसासकिय अधिकृत बेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भिमसेर रुम्दालीले हस्ताक्षर गरेका छन ।

कृष्णदासले दुइ वटा नागरिकता मात्र लिएका होइनन् दुबैबाट बैंक खाता सन्चालन गरि आर्थिक कारोबार र जग्गा जमिन समेत खरिद बिक्री गरेको पाइएको छ ।

उहाले सुनसरीमा कृष्ण बहादुर गिरिका नाममा र देबघाटमा श्री बैष्णब कृष्णदासका नाममा जग्गा जमिन गरिद बिक्री गरेको पाइएको छ ।

कृष्णदासले फरक फरक बिबरण राखी दोहोरो नागरिक्ता लिएर दुरुपयोग गर्ने मात्र होइन नाडी छामेरनै बिरामी पत्ता लगाउने भन्दै चतरामा बसेर अबैध किसिमले जडिबुटिको कारोबार समेत गरि रहेका छन ।

उहालाई राज्यले एक जना हल्दार सुरक्षाकर्मी पनि दिएको छ । सुरक्षाकर्मीलाइ संगै गाडीमा राखे पछि र गेरु बस्त्र लगाएको साधु अगाडी बसे पछि उनको गाडी कसैले चेक जा“च गर्दैन ।

देश र जनताको सेवा गर्छु भनेर सेवापीठ खोलेर बसेका साधुले एक भारतीय उद्योगपतिले दिएको भारतीय M L 4B 7661 प्लेटको सुविधा सम्पन्न महेन्द्रा कम्पनीको फूलअप्सन स्कर्पीयो गाडी विगत दुई बर्ष देखि नेपालमा निर्वाध रुपमा चलाइरहेका छन ।

उक्त गाडि बेला बेलामामात्रै बाहिर निस्कने गरेको छ । उता सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले कृष्णदासको बारेमा दुईवटा नागरीकता लिएको विषयमा उजुरी परेको वताउनुभएको छ ।

उहा“ले भने हामी यस विषयमा अनुसन्धान प्रकृया अगाडी बढाइने जानकारी दिए । पुरानो नागरीकता सोलुखुम्वुवाट लिएको र अहिलेको नागरीकता सुनसरीबाट लिएको उजुरी परेको र दुईवटा नागरीकता लिएको पाईए नागरिकता ऐन अन्र्तगत कारवाही अगाडी बढाइने प्रमुख जिल्ला अधिकारीले चापागाईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलयमा उजुरी पश्चात जगतगुरू कृष्णदाशले दोहोरो नागरिकता लिएको स्विकारेका छन् ।
उहा“ले सन्यास लिए पश्चात नाम परिवर्तन भएकोले उनले पुनः सुनसरी जिल्लाबाट अर्काे नागरिकता लिएको स्वीकर गरेका छन ।

उहाको नागरिकतामा जन्ममिति एउटै भएको दाबी गरेतापनि दुदैमा फरक प्रस्ट देखिएको छ । जगतगुरू कृष्णदाशले कुनै पनि अबैधानीक कार्य गरेको प्रमाणित भए आफु कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी