एजेन्सी, चैत्र २४
म्यानमारका पूर्वराष्ट्रपति तथा सेनाका जर्नेल थेइन सेइन बौद्ध भिक्षु बनेका छन् । आङ सान सुकीको पार्टीलाई सत्ता हस्तान्तरण गरेको चार दिनपछि पूर्व सैनिक शासक सेइन भिक्षु भएको बर्माका अधिकारीहरूले जनाएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएको तस्वीरमा सेइनले कपाल खौरेका छन् र गेरू वस्त लगाएका छन् ।
म्यानमारको सूचना मन्त्रालयकाअनुसार सेइन पाँच दिन धम्मा दिप्ती गुम्बामा बस्ने छन् । सेनाले आधा शताब्दी लामो शासन अन्त्य गर्दै उनलाई २०११ मा पाँच वर्षका निम्ति राष्ट्रपति नियुक्त गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline