विश्व चर्चित पानामा पेपर लिंकमा आफूसग जोडिएको विषय सार्वजनिक भए पछि आईसल्याण्डका प्रधानमन्त्री सिंगमन्दर गुनलागसनले राजीनामा दिनु भएको छ ।
श्रीमति तथा परिवारका अन्य सदस्यको नाममा अरबौं सम्पत्ति थुपारेको पानामाले उल्लेख गरे पछि उहाले राजीनामा दिनु भएको हो ।
तर प्रधानमन्त्री सिंगमन्दरले आफ्नो शेयर श्रीमतिलाई विक्री गरेको बताउनु भएको छ । उहा पानामा लिकको मुख्य नेताहरुको सूचीमा सम्पत्ति थुपार्नेमा परेर चर्चामा आउनु भएको हो ।
पानामा लिकले यस्तो विवरण आईतबार सार्वजनिक गरेको थियो । पानामा लिक पछि राजीनामा दिने पहिलो उच्च ओहोदाको व्यक्ति पनि सिंगमन्दर बन्नु भएको छ । यस विषयमा विश्वका शक्तिशाली थुप्रै नेताहरुको नाम जोडिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline