एजेन्सी २१ चैत्र ।
सिरियाको ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव फेला परेको छ । विद्रोही समुह आइएसबाट हालै मात्र नियन्त्रणमा लिएको उक्त शहरबाट सिररियाली सेनाले ४० वटा शव बरामद गरेको हो ।
बरामद गरिएका शवमा महिला र बालबालिकाको संख्या बढी रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ । जसमा केहीको शीर छेदन र केहीको गोली हानी हत्या गरिएको बताइन्छ ।
बरामद गरिएको शव होम्स अस्पतालको शव गृहमा लगिएको छ । सिरियाको ऐतिहासिक शहर पल्माइरा कब्जा गरी बसेका आईएसलाई गत साता त्यहाँबाट हटाएर सिरियाली सेनाले आफ्नो नियन्त्रणमा लिएको हो ।
शहरका अधिकांश ऐतिहासिक धरोहर नष्ट गरिएका छन् भने त्यहाँ रहेका सिरियाली नागरिक आईएसको कब्जामा रहेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline