काठमाण्डौ, १९ चैत्र ।
परमाणु हतियार नियन्त्रणका विषयमा छलफल गर्न ६० देशका प्रतिनिधि अमेरिकाको वासिङ्टनमा भेला भएका छन् ।
भेलामा इस्लामिक अतिवादी संगठन ‘आईएस’का लागि परमाणु नियन्त्रण र उत्तर कोरियाको परमाणु परीक्षणको रवैयामा छलफल भइरहेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको बैठकमा परमाणु हतियारका सम्बन्धमा अमेरिकाले राखेको विचारमा चीन, जापानलगायतका देश सहमत भएका छन् ।
बेल्जियममा हालै भएको आतंकवादी आक्रमण र यसअघि फ्रान्सको पेरिसमा भएको आक्रमणका क्रममा आईएसले प्रयोग गरेका हातहतियारका बारेमा पनि ब्यापक छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline