पाकिस्तानले बलुचिस्तानमा पक्राउ परेका भारतीय जासुसको भिडियो सार्वजनिक गरेको छ ।
पाकिस्तानी सञ्चारमन्त्री तथा सेनाले सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी उनको भिडियो देखाएको हो ।
भिडियोमा उनले आफू कुलभुषण यादव रहेको र मुम्बई घर भएको बताएका छन् ।
साथै उनले भारतीय नौसेनाको अधिकारी रहेको बताएका छन् । भिडियोमा उनले सन् २०२२ मा आफू रिटायर हुने बताएका छन् ।
उनले रअको मिसन पूरा गर्न आफू बलुचिस्तान र कराचीमा पाकिस्तान विरोधी गतिविधिका लागि खटाईएको स्वीकारेका छन् ।
सन् २००३ र २००४ मा कराचीको भ्रमण गरे पछि सन् २०१३ मा आफूलाई रअमा सामेल गरिएको र रअका जोईन्ट सेक्रेटरी अनील गुप्ताको मातहतमा रहेर काम गरीरहेको भिडियोमा स्वीकारेका छन् । आफूले कराचीमा कानुनी व्यवस्था खराब गर्न भूमिका खेलेको स्वीकार गरेका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिम बाज्वाले ती व्यक्ति पाकिस्तानमा अशान्ति फैलाउने कार्यमा खटिरहेको बताएका छन् । यो प्रकणरले पाकिस्तानको हिंशामा भारतको संलग्नता स्पष्ट भएको देखिएको छ ।
अर्कोतिर भारतले औपचारीक रुपमा पक्राउ परेका ती व्यक्तिसग‘ भारत सरकारको कुनै लिनु दिनु नरहेको जवाफ दिएको छ ।