एजेन्सी, चैत्र १६
अपहरणमा परेको इजिप्ट एयरको विमानमा सवार चार विदेशी र चालक दलका सदस्यबाहेक अन्य सबैलाई रिहा गरिएको छ ।
बीबीसीको पछिल्लो समाचारअनुसार हतियारधारी अपहरणकारीले आफ्नो शर्त पुरा भएपछि चालक दलका सदस्य र चार विदेशी बाहेक सबैलाई रिहा गरेका हुन् ।
इजिप्टकै शहर एलेक्साण्ड्रियाबाट कायरोतर्फ गइरहेको इजिप्ट एयरको आन्तरिक उडान एक हतियारधारीले अपहरण गरेर साइप्रसको लार्नका विमानस्थलमा अवतरण गराएका थिए ।
५५ जनाभन्दा बढी यात्रु रहेको इजिप्ट एयरको एयरबस ए–३२० छुटाउन अपहरणकारीसँग थप वार्ता भइरहेको समाचारमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline