काठमाडौ १६ चैत्र ।
सवारी दुर्घटनामा परी निधन हुनु भएका नेपाल विद्यार्थी संघकी नेतृ लालकुमारी पोखरेल स्वस्तिकाको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
यसअघि उहाँको शवलाई आज बिहान ७ बजेदेखि १० बजेसम्म श्रद्धान्जलीका लागि बाघबजारस्थित पद्यमकन्या क्याम्पस परिसरमा राखिएको थियो ।
कांग्रेसको पूर्व महासमित सदस्य समेत रहनु भएका नेतृ स्वस्तिकालाई पार्टी सभापति शेर बहादुर देउवा लगायत शिर्षस्त नेताहरुले श्रद्धान्जली दिएका थिए ।
पदमकन्या क्यामपसकी पूर्व स्ववियु सभापति समेत रहनु भएको स्वस्तिकाको हिजो बारामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।
तस्विर : युपी लामिछानेबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


