पाकिस्तानमा हिंश्रक प्रदर्शन, दर्जनौं सवारीसाधनमाथि आगजनी

पाकिस्तानमा हिंश्रक प्रदर्शन, दर्जनौं सवारीसाधनमाथि आगजनी

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, चैत्र १६
पाकिस्तानमा सरिया कानुन लागू गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूले दर्जनौं सवारीसाधनमा आगजनी गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी इस्लामावादमा भेला भएका प्रदर्शनकारीले पूर्वगभर्नर सलमान तासीरका हत्यारालाई दिइएको फाँसीको विरोध गर्दै पाकिस्तानमा सरिया कानुन लागू गर्नुपर्ने माग गरेका छन् । पाकिस्तानको सर्वोच्च अदालतले इसनिन्दा कानुनमा लगाएको रोकलाई बेवास्ता गर्दै गभर्नरलाई फाँसी दिइएको भन्दै गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सयौं सुुरक्षाकर्मी परिचालन गरिएको छ ।

संसद् भवन अगाडि भेला भएका प्रदर्शनकारीले सरिया कानुन लागू नभएसम्म आफूहरूको प्रदर्शन जारी रहने बताएका छन् । सन् २०११ मा सुधारवादी नेता सलमान तासीरको हत्या गरेको अभियोगमा गत महिना क्वाद्रीलाई मृत्युदण्ड दिइएको थियो ।

क्वाद्रीले इसनिन्दा कानुनको कडाईको विपक्षमा रहेको बहानामा तासीरको हत्या गरेको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी