काठमाडौं, चैत्र १३ ।
कृषक समूहलाई भ्रमणमा लिएर आउँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २१ जना कृषक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दमकबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख १७९९ नम्बरको मिनीबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा आज बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार व्यक्तिहरू घाइते भएका हुन् ।
घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline