इटहरीमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

इटहरीमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

इटहरी, चैत्र ११
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स. १ त ३२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा चितवन नारायणघाट बस्ने अन्दाजी २० वर्षीय गौरव राय क्षेत्री रहेका छन् भने एक जनाको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मृतकद्वयको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा बीच बाटोमा नै मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् ।

उपरीक्षक पोखरेलले दिएको जानकारीअनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्याक्टर प्रहरीको नियन्त्रणमा लिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी