विदेह नगरपालिकामा एक हजार १०० जग्गाधनी पूर्जा वितरण

विदेह नगरपालिकामा एक हजार १०० जग्गाधनी पूर्जा वितरण

  • मङ्लबार, भदौ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जनकपुरधाम, १० भदौ
सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीवीमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहबीच सो पालिकाका एक हजार १०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्नुभएको छ ।

नापी कार्यालय धनुषाद्वारा आज आयोजित समारोहमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रममा सो पालिकाको वडा नं एकदेखि वडा नं नौसम्मका जनतालाई उहाँले जग्गाधनी प्रमाणपत्र वितरण गर्नुभएको हो ।

मन्त्री अधिकारीले भूमि समस्याको समाधान सङ्घीय सरकारको एक्लो प्रयासले समाधान गर्न समस्या भएकाले तीनै तहका सरकारको सहयोग तथा समन्वय आवश्यक रहेको बताउनुभयो ।

आगामी तीन वर्षमा भूमिहीन, सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीको समस्या समाधान हुने उहाँले आश्वासन दिनुभयो । साथै भूमि आयोगको कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभयो । सङ्घीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति तथा भेदभाव गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले नापी कार्यालयबाट खटिएका कर्मचारीले लालपुर्जा बनाउने तथा सर्वे गर्ने कार्यमा सर्वसाधारणलाई दुःख दिने तथा गैरकानुनीरूपमा रकम माग्ने गरेको गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी