विश्वका महान् नेताको सूचीमा सुकी तेश्रो स्थानमा, केजरीवाल पनि परे, मोदी अटेन

विश्वका महान् नेताको सूचीमा सुकी तेश्रो स्थानमा, केजरीवाल पनि परे, मोदी अटेन

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी, चैत्र १२
फच्र्युनले विश्वका ५० ग्रेटेस्ट अर्थात महान नेताको सूची जारी गरेको छ । यो सूचीमा जर्मन चान्सलर एञ्गेला मर्केलदेखि आङ सान सुकीसम्म पनि छन् । यस्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द्र केजरीवाल पनि पर्न सफल भएका छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने त्यसमा अटाउन सकेन ।

यो सूचीको शीर्ष स्थानमा अमेजानका कार्यकारी अध्यक्ष जेफ बेजोस् छन् । अघिल्लो वर्ष २७ औँ नम्बरमा रहेका उनी यो पटक पहिलो बनेका छन् । यो वर्ष महान् नेताको सूचीमा जर्मन चान्सलर एञ्गेला मर्केललाई दोश्रो स्थान दिइएको छ ।

म्यानमारमा सैन्य शासन अन्त्य गरेर ५० वर्षमा पहिलो पटक नागरिक राष्ट्रपति चयन गर्न महत्वपूर्ण भूमिका खेलेकी आङ सान सुकी तेश्रो स्थानमा परेकी छन् ।

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक केजरीवाल ४२ औँ स्थानमा छन् । मफलर बेरेको केजरीवालको तस्वीर फच्र्युनले प्रयोग गरेको छ । भारतीय प्रधानमन्त्री मोदी अघिल्लो वर्ष पाँचौ नम्बरमा थिए । तर, यो पटक ५० मा पनि पर्न सकेनन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिना १० औँ नम्बरमा परेकी छन् भने भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ५० औँ नम्बरमा परेका छन् ।

अघिल्लो वर्ष शीर्ष स्थानमा रहेका एप्पलका सीईओ टिम कुक पाँचौ स्थानमा झरेका छन् । अघिल्लो वर्ष तेश्रो स्थानमा रहेका चीनका राष्ट्रपति शी जिनपिङ र २५ औँ नम्बरमा रहेका फेसबुकका मालिक मार्क जुकरबर्ग पनि यो पटक सूचीमा अटाएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी