चैत १०, एजेन्सी । राजधानी ब्रसेल्समा भएको आत्मघाती बम विष्फोटमा संलग्नको पहिचान खुलेको बेल्जियम प्रहरीले जनाएको छ ।
ब्रहिम ईल–बक्रौई र उनका भाई खालिद सो बिस्फोटमा संलग्न रहेको बताईएको छ ।
बिमानस्थलको सिसिटिभी फुटेजका आधारमा उनीहरुको पहिचान गरिएको हो । उनीहरु दुवै जनाको बिस्फोटमा परि मृत्यु भएको छ । ससिटिभी फुटेजमा उनीहरुसंगै रेहका अर्का तेश्रो व्यक्तिको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।
यसैबीच, ब्रसेल्सको बिमानस्थल र मेट्रो स्टेशनमा आक्रमण गराएको आइएसले युरोपका अन्य शहरमा थप आक्रमण गर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । ब्रसेल्सस्थित एयरपोर्ट र मेट्रोस्टेशनमा आइएसले आत्मघाती बम विष्फोट गराउँदा ३४ जनाको मृत्यु भएको थियो भने २ सय ५० जना घाइते भएका थिए ।
सरकारले घटनासम्बन्धी कुनै भिडियो फुटेज भए सरकारलाई उपलव्ध गराउन समेत सर्वसाधरणलाई आग्रह गरेको छ । घटनास्थलमा आइएसको झण्डा फेला परेको थियो । पेरिस घटनाका मुुख्य अभियुक्त सालेह अब्देश्लाम गिरफ्तार भएको तीन दिनपछि आइएसले आत्मघाती विष्फोट गराएको हो । घटनापछि बेल्जियमले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।