चैत्र १० काठमाण्डौं । माओवादीको विभिन्न चरणको विभाजन , सत्तामा गएर पनि जनताको हितमा काम गर्न नसकेको जस्ता विषयले जनस्तरमा माओवादी कमजोर भएको र प्रतिवद्धता पुरा नगरेको गुनासो व्यापक छ ।
धेरै समयदेखि स्थानीय तहमा माओवादीको सांगठनिक गतिविधिहरु कम देखिरहेका छन् ।
तर पछिल्लो समय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा जनस्वयसेवकले मेचीमहाकाली जागरण अभियान सञ्चालन गर्दै गाउ गाउमा पुग्न थाले पछि माओवादी त रहेछ है भन्ने सन्देश गएको अभियानमा सहभागी युवाहरु बताउछन् ।
ठाउ ठाउमा उनीहरुलाई जनताले चासोका साथ हेरेका छन् । सो अभियान टोलीले आज रामेछापको मन्थलीमा कोण सभा समेत गर्यो । आजै मन्थलीमा अखिल नेपाल शिक्षक संगठनले अन्तरक्रिया कार्यक्रम समेत गर्यो ।
कार्यक्रममा शिक्षक संगठनका अध्यक्ष लाल बहादुर बिसी , जिल्ला सहित तीर्थ लगायतकाको सहभागीता रहेको थियो ।
अभियानमा सहभागी युवा जनस्वंसेवकका सदस्यहरुले जनताको माझमा जान पाउदा खुसी लागेको बताउदै क्रान्तिका लागि जस्तो सुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन् ।


