हामी थाकेका छैनौ : युवा जनस्वयसेवक

हामी थाकेका छैनौ : युवा जनस्वयसेवक

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

चैत्र १० काठमाण्डौं । माओवादीको विभिन्न चरणको विभाजन , सत्तामा गएर पनि जनताको हितमा काम गर्न नसकेको जस्ता विषयले जनस्तरमा माओवादी कमजोर भएको र प्रतिवद्धता पुरा नगरेको गुनासो व्यापक छ ।
धेरै समयदेखि स्थानीय तहमा माओवादीको सांगठनिक गतिविधिहरु कम देखिरहेका छन् ।

तर पछिल्लो समय नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा जनस्वयसेवकले मेचीमहाकाली जागरण अभियान सञ्चालन गर्दै गाउ गाउमा पुग्न थाले पछि माओवादी त रहेछ है भन्ने सन्देश गएको अभियानमा सहभागी युवाहरु बताउछन् ।

ठाउ ठाउमा उनीहरुलाई जनताले चासोका साथ हेरेका छन् । सो अभियान टोलीले आज रामेछापको मन्थलीमा कोण सभा समेत गर्यो । आजै मन्थलीमा अखिल नेपाल शिक्षक संगठनले अन्तरक्रिया कार्यक्रम समेत गर्यो ।

कार्यक्रममा शिक्षक संगठनका अध्यक्ष लाल बहादुर बिसी , जिल्ला सहित तीर्थ लगायतकाको सहभागीता रहेको थियो ।
अभियानमा सहभागी युवा जनस्वंसेवकका सदस्यहरुले जनताको माझमा जान पाउदा खुसी लागेको बताउदै क्रान्तिका लागि जस्तो सुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी