एजेन्सी, चैत्र १०
बेल्जियमको राजधानी ब्रसेल्समा श्रृंखलाबद्ध बम विष्फोट गराउने मध्येका शंकास्पद एक जनालाई पक्राउ गरेका छन् ।
नाजिम लाचारावी नाम गरेका व्यक्तिलाई एन्डरलेक्ट इलाकाबाट पक्राउ गरिएको बेल्जियमको एक सञ्चारमाध्यमले जनाएको छ । पक्राउ परेका व्यक्ति विमानस्थलमा हमला हुनुभन्दा एकैछिन अघि सीसीटिभी क्यामरामा कैद भएका थिए ।
नाजिम बाहेक खालिद र ब्राहिम अल बकरावी नामका दुई दाजुभाईले पनि विष्फोट गराएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ । बेल्जियममा हिजो गराइएका विष्फोटमा ३४ जनाको मृत्यु भएको थियो भने दुइ सय ५० जनाभन्दा बढी मानिस घाइते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline