युरोपका अन्य शहरहरुमा पनि आक्रमण गर्ने आइएसको चेतावनी

युरोपका अन्य शहरहरुमा पनि आक्रमण गर्ने आइएसको चेतावनी

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी १० चैत्र ।  

बेल्जियमको राजधानी ब्रसेल्समा हिजो भएको आक्रमणमा संलग्न विद्रोही संगठन स्लामिक स्टेट आइएसले थप आक्रमणको चेतावनी दिएको छ ।

आइएसका नाममा जारी विज्ञाप्तीमा युरोपका अन्य शहरमा पनि आक्रमणको चेतावनी दिएको बिबीसीले जनाएको छ ।

यसअघि हिजो बेल्जिममा हिजो ३४ जनाको ज्यान जाने गरी भएको श्रृखलाबद्ध बम विष्फोटका संदीग्ध तीन जनाको तस्वीर प्रहरीले सार्वजनिक गरेको छ । संदीग्ध आक्रमकारी र योजनाकार पत्ता लगाउन र खोजी गर्न प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।

कालो कपडा लगाएर ट्रलीमा हिडिरहेका दुई जना एयरपोर्ट विष्फोटमा संलग्न आत्मघाती आक्रमणकारी हुन सक्ने आशंका गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार सेतो कपडा लगाएर ट्रली लिएर हिडिरहेको देखिने आक्रमणकारी भने फरार रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी