एजेन्सी ९ चैत्र । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा दुईवटा बिष्फोट भएका छन् । सो विष्फोटमा परी कम्तीमा २१ जनाको मृत्यु भएको र ३० जना घाईते भएको जनाईएको छ ।
मृतकहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।
त्यसै गरी अर्को विष्फोट मेट्रो रेल स्टेसनमा भएको थियो । बिमानस्थलको प्रस्थान टर्मिनलमा घटना भएको समाचारहरुमा उल्लेख छ ।
पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौंथो दिनपछि विमानस्थलमा बिष्फोट भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
