चैत्र ८ एजेन्सी । अमेरीका र क्युवा बीच कुटनीतिक सम्बन्ध बिच्छेद भएको ८८ वर्ष पछि पहिलो पटक अमेरीकी राष्ट्रपति बराक ओबामा क्युवा पुग्नु भएको छ ।
राजधानी हवानामा रहदा ओबामा क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोसग‘ भेटवार्ता गर्नु हुने छ । आफ्नी श्रीमति मिचेल र छोरीहरु सहित ओबामा त्याहा पुग्नु भएको थियो ।
यस क्रममा राजनीतिक सुधार तथा व्यापार वृद्धिका विषयमा छलफल हुने छ ।
तर क्रान्तिका नेता पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोसग‘ भने नभेट्ने हुनु भएको छ । फिडेलको नेतृत्वमा क्रान्ति सम्पन्न भई क्युवा अघि बढे पछि अमेरीकाले दौत्य सम्बन्ध तोडेको थियो ।
फिडेललाई अमेरीकी शासक हरु अझै पनि कम्युनिष्टका प्रतिवद्ध मानिसको रुपमा हेर्दै उनीसग‘ सहकार्य गर्न डराउदछन् ।
हवाना सहित पुराना शहरहरुको भ्रमण गरे पनि फिडेललाई नभेट्ने ओबामाको कार्यक्रमले अमेरीकाले अझै पनि कम्युनिष्ट नेता र व्यवस्थालाई मन पराउदैन भन्ने देखाएको छ ।
सन् १९५९ मा क्युवामा कम्युनिष्ट सत्ता स्थापना भए पछि अमेरीकाले सम्बन्ध बिच्छेद गरेयता दुवै देशमा कुटनीतिक आदान प्रदान भएको थिएन ।
गत वर्ष देखि ओबामाको प्रयासमा दुबै देशको सम्बन्ध बिस्तार भएको हो ।