विश्वयुद्धका बेपत्ता गोर्खा सैनिक यर्थाथता जानकारीको माग

विश्वयुद्धका बेपत्ता गोर्खा सैनिक यर्थाथता जानकारीको माग

  • आइतवार, चैत्र ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पोखरा, ७ चैत । गोरखा भूतपूर्व सैनिक सङ्घ९गेसो० ले बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्धमा लडाइँका क्रममा बेपत्ता भएका गोर्खा सैनिकको यथार्थता जानकारीको माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा गेसोका अध्यक्ष पदमबहादुर गुरुङले ब्रिटिस गोर्खा सैनिकमा भर्ना भई बेपत्ता भएका धेरै व्यक्तिको अवस्थाबारे परिवारजनलाई हालसम्म जानकारी हुन नसकेका कारण त्यसको यथार्थताको जानकारी दिन परराष्ट्र मन्त्रालयमा माग गरिएको बताउनु भयो ।

गोर्खा सैनिकमा भर्ना भई हालसम्म बेपत्ताको मरे वा बाँचेको थाहा नभएको, मरेको भए के कुन ठाउँमा र कहिले मरेको हो त्यसको जानकारी सूचनाको हकसम्बन्धी ऐनमार्फत सुसूचित हुन पाउँ भनी परराष्ट्र मन्त्रालयमा माग गरिएको उहाँले बताउनु भयो ।

पत्रकार हुम गुरुङले गोर्खा सैनिकले प्रथम र दोस्रो विश्वयुद्धमा कठिन सङ्घर्ष गरे पनि तिनका विधवा परिवार तथा टुहुरा छोराछोरीले पाउनुपर्ने हक तथा अधिकारबाट अझै बञ्चित भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी