अमेरिकाले उत्तर कोरिया विरुद्व थप प्रतिबन्ध लगाउदै आफ्नो मुलुकमा रहेको उत्तर कोरियाको सरकारी सम्पत्ति रोक्का गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले परमाणु परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण गरेको भन्दै थप प्रतिबन्धका लागी आदेश जारी गर्नु भएको छ ।
राष्ट्रपति ओबामाले ती क्रियाकलाप अबैध भएको भन्दै प्रतिबन्धका लागि कार्यकारी आदेश जारी गर्नु भएको बीबीसीले जनाएको छ ।
प्रतिबन्ध लगाएसँगै अमेरिकाले आफ्नो मुलुकमा रहेको उत्तर कोरियाको सरकारी सम्पत्ति रोक्का गरिसकेको छ । यसका साथै अमेरिकाले निर्यातमा पनि रोक लगाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रसंघको नियम उलंघन गर्दै उत्तर कोरियाले गत जनवरी ६ र ७ मा परमाणु परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline