विस्फोटमा परि पाकिस्तानमा १५ जनाको मृत्यु, २५ घाईते ।

विस्फोटमा परि पाकिस्तानमा १५ जनाको मृत्यु, २५ घाईते ।

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

ईस्लामावाद, ३ चैत्र ।

पाकिस्तानमा सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ ।

पेशावरमा आज भएको सो विस्फोटमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार बस मै विस्फोटक पदार्थ राखिएको थियो ।

‘बसमै रहेको विस्फोटक पदार्थ विस्फोट भएको हो,’ एक अधिकारीले भने । यद्यपी सो विस्फोटमा कसको संलग्नता थियो भन्ने प्रष्ट भइसकेको छैन ।

सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो घटनाको निन्दा गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी