दक्षिण अमेरीकामा सैनिक विमान दुर्घटना ,२२ को मृत्यु

दक्षिण अमेरीकामा सैनिक विमान दुर्घटना ,२२ को मृत्यु

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ,३ चैत्र ।
दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा विमानमा सवार सबै २२ जनाको मृत्यु भएको छ ।

विमान इक्वेडरको पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले ट्वीट मार्फत घटनाको पुष्टी गर्नुभएको छ । दुर्घटनामा कोही पनि बाच्न सफल नभएको राष्ट्रपति कोरेयाले बताउनु भयो ।

मृत्यु हुनेमा चालक दलका दुई, एक प्राविधिक सहित प्यारासुटिङको तालिमका लागि गएका १९ जना इक्वेडरियन सैनिक रहेका छन् । दुर्घटनाको कारण भने थाहा पाउन सकेको छैन ।

इजरायलमा बनेको आराभा विमान नेपाली समय अनुसार बुधबार बिहान सवा १ बजे दुर्घटना भएको हो । उद्दार टोली घटनास्थलतर्फ गएको रक्षा मन्त्री रिकार्डो पाटिनोले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी