एजेन्सी २ चैत्र । म्यानमारको नयाँ राष्ट्रपतिमा ह्वित क्वाव निर्वाचित हुनु भएको छ । सैनिक नेतृत्वले सत्ताको नेतृत्व सम्हाले यता म्यानमारमा ५० वर्ष भन्दा बढी समय नागरिक सरकारले सत्ताको नेतृत्व गर्न सकेको थिएन ।
क्वाव नेशनल लिग फर डेमाक्रेसी एनएलडीकी नेतृ आङ साङ सुचीका विश्वास पात्र हुन् । एक जना एनएलडीका नेता र अर्का सेनाले अगाडि सारेका उम्मेदवारलाई पराजित गर्दै क्वाव राष्ट्रपतिमा निर्वा्चित हुनु भएको हो ।
विदेशी नागरिका सन्तान भएको भन्दै सुचीलाई संवैधानिक रुपमै राष्ट्रपनि हुनबाट रोक लगाइएको थियो । सैन्य नेतृत्वसँगको लामो छलफलपछि पनि यस्तो संवैधानिक अड्चन हटाउन सुची असफल भएपछि उहाँले क्वावलाई राष्ट्रपतिको उम्मेदवारमा अगाडि सार्नु भएको थियो ।
सुचीले आफु राष्ट्रपति भन्दा माथि रहने बताइसक्नु भएको छ । गत नोभेम्बरमा सम्पन्न चुनावपछि म्यानमारको संसदमा अहिले एनएलडीको बहुमत छ । नयाँ राष्ट्रपतिले यो महिनाको अन्त्यमा सेनालाई समर्थन गरेका थिन सेनलाई प्रतिस्थापित गर्ने छन् ।