आईएस अमेरीकाको कारण बढेको चीनको दावी

आईएस अमेरीकाको कारण बढेको चीनको दावी

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

 चीनले अमेरीकाले चरम मानव अधिकारको हनन गरीरहेको दावी गर्दै उसको नस्लभेद जस्ता समस्याले आईएस बढेको बताएको छ ।
चाईनीज एकेडेमी अफ् सोसल साईन्सका निर्देशक लिउ हेनियानले सोमबार पत्रकार सम्मेलन गरी युरोपमा शरणार्थी समस्या बढ्नुको मुख्य कारण पश्चिम एशियामा अमेरीकी बमबारी भएको बताउनु भएको छ ।

उहाले पछिल्लो एक वर्षमा मात्रै अमेरीकी प्रहरीले एक हजार जति मानिस मारेको र ती मध्य धेरै जसो अस्वेतहरु रहेको भन्दै अमेरीकी नष्लभेदका कारण आतंकबाद बढेको बताउनु भयो ।
साथै सो संस्थाले अमेरीकाको निर्वाचन प्रणाली पनि पूजिपतिको हातमा मात्र सीमित रहेको भन्दै साधारण मानिसले चुनाव लड्न सक्ने स्थिति नरहेको बताएको छ ।
संस्थाले लामो अनुसन्धान पछि ४५ मिनट लामो अमेरीकामा भएका मानवअधिकार विरोधी क्रियाकलाप समेटिएको डकुमेन्ट्री समेत तयार पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी