एजेन्सी फागुण ३० । अमेरीकी राष्ट्रपति बराक ओबामाले भावी राष्ट्रपतिका उम्मेद्धारहरुलाई चुनावी प्रचारका बखत कुनै पनि तनाव बढाउने काम नगर्न चेतावनी दिनु भएको छ ।
सिकागोमा डोनाल्ड ट्रम्पको र्याली रद्ध भए पछि ओबामाले यस्तो चेतावनी दिनु भएको हो । उम्मेद्धारीका कुनै पनि दावेदारले अन्य अमेरीकीको अपमान नगर्न र हिशां नगर्न आग्रह गर्नु भएको छ । सिकागोमा ट्रम्पका समर्थक र विरोधीबीच झडप भए पछि र्याली रद्ध भएको थियो ।
डेमोक्रयाटीक पार्टीको चन्दा संकलन कार्यक्रममा बोल्दै ओबामाले उम्मेद्धारहरुले स्कुले बच्चाको जस्तो व्यवहार गर्न नहुने, गलत तथ्यहरु तयार पार्न नहुने जस्ता कुरामा जोड दिनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline