एजेन्सी २९ फागुन ।
सुन्नी मस्लिम देशको बाहुल्यता रहेको अरब लिगले लेबनानमा हिंसात्मक गतिविधि गर्दै आएको शिया मुस्लिम संगठन हेजबुल्लाहलाई आतंककारी घोषणा गरेको छ ।
इजिप्टको राजधानी कायरोमा अरब लिगका २२ सदस्य राष्ट्रका विदेश मन्त्रीको बैठकले हेजबुल्लाहलाई आतंककारी घोषणा गर्ने निर्णय गरेको हो ।
लेबनानको प्रमुख राजनीतिक तथा सैन्य शक्ति भएको हेजबुल्लाह सिरिया द्वन्द्वमा पनि सहभागी छ । हेजबुल्लाहले सिरियाली राष्ट्रपति बसर अल असद समर्थक सेनालाई सहयोग गर्दै आएको छ ।
यसअघि एकसाता पहिले अरब गल्फ राज्यले पनि हेजबुल्लाहलाई आतंककारी घोषित गरेका थिए । लेबनान र इराकले भने निर्णयमा सहमति जनाएका छैनन् ।
अरब लिग र गल्फ राज्यले हेजबुल्लाहलाई आतंककारी घोषित गरेपनि अमेरिका तथा युरोपियन युनियन इयुले भने सैन्य संगठन भन्दै कालो सूचीमा मात्रै राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline