भारतको असन्तुष्टीका बीच पनि पाकिस्तानलाई एफ १६ लडाकु जहाज बेच्ने निर्णय रोक्नु पर्ने एक प्रस्ताव अमेरीकी सिनेटले खारेज गरिदिएको छ ।
यसले अब पाकिस्तानलाई लडाकु जहाज ल्याउने बाटो खुलेको छ । केही सदस्यले यसलाई रोक्नु पर्ने प्रस्ताव पेश गरे पछि सिनेटले त्यसलाई खारेज गरेको हो ।
सिनेटको १ सय सदस्यमा ७१ जनाले जहाज बेच्ने प्रस्तावको समर्थन गरेका छन् भने २४ यसको विपक्षमा उभिएका छन् ।
यो निर्णय पछि अमेरीकाका लागि पाकिस्तानी राजदुत जलील अब्बास जिलानीले यो निर्णय अमेरीका र पाकिस्तानबीच आतकवाद विरुद्ध साझेदारीको प्रतीक भएको बताउनु भयो ।
अब पाकिस्तानले ८ वटा एफ १६ फाईटर बिमान र यसका लागि अन्य उपकरण सहित ७० करोड डलर बराबरको हतियार भित्र्याउने छ ।
यसको लागि ४० करोड डलर पाकिस्तानले चुक्ता गर्ने छ भने ३० करोड अनुदान सहायताको रुपमा पाउने छ ।
यो निर्णय पछि भारत निकै असन्तुष्ट हुदै आएको छ ।